६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप गरेको छ ।

चैत १५ देखि अहिलेसम्म झण्डै ६ हजार गुनासोकर्ताले गुनासो दर्ता गराएपछि र गुनासो गर्नेहरु दिनहुँ बढिरहेका र यो अनपेक्षित भएपछि समय थप गरिएको हो । प्राधिकरणका अनुसार अब छुट भएकाहरुले जेठ मसान्तसम्म गुनासो दर्ता गर्न पाउनेछन् ।

यसअघि गएको चैत १५ गतेबाट सुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणको काम वैशाख मसान्तसम्म सक्ने भनिएको थियो । तर पुनर्निर्माणको काममा खटिएका प्राविधिकको आन्दोलनका कारण काम प्रभावित भएपछि एक महिना समय थप गरिएको प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरले जानकारी दिए ।

वास्तविक पीडितको लगत संकलनमा सहयोग गर्न पनि प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधि र प्राविधिकलाई आग्रह गरेको छ । वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न र गैर पीडित समावेश गर्न सिफारिु गरेको पाइएमा सिफारिसकर्तालाई कारबाही हुने प्राधिकरणले जनाएको छ ।