६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी तथा अमेरिकी विदेशमन्त्री बीचको वार्ताका लागि तयारी शुरु



अ+ अ-

काठमाडौं । रुसी तथा अमेरिकी विदेशमन्त्री बीचको वार्ताका लागि तयारी शुरु भएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच आगामी मे १४ का दिन कृष्ण सागरको तटमा रहेको रुसी शहर सोचीमा भेटवार्ता हुने जनाइएको छ ।

भेटवार्तामा उत्तर कोरियाबारे छलफल हुने रुसका उप विदेशमन्त्री इगोर मोरगुलोभले जनाएका छन् ।

यही विषयमा केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको थियो ।

त्यसअघि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रुसको भ्रमण गरी रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध एकाएक पछि धकेलिएपछि रुसी तथा अमेरिकी विदेशमन्त्रीबीच हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।