६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडामा डेढ किलो सुनसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिगएको प्रहरी टोलीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिक रहेका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा प्रहरीले १ किला ६ सय ४९ ग्राम ८ सय ९० ग्राम सुन बरामद गरेको हो । बिकले दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर सुन ल्याएका थिए ।

प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।