६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुलको क्यान्टीनमा साहारा ग्यासको सिलिण्डर बिस्फोट, एक जना घाइते



अ+ अ-

हेटौँडा । मकवानपुरको हेटौँडामा साहारा ग्यासको सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलको क्यान्टीनमा सिलिण्डर बिस्फोट भएपछि आगलागि समेत भएको छ ।

बिष्फोटमा परी क्यान्टीनका संचालक राजेन्द्र लामा घाईते भएको मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख सिंहका अनुसार सिलिण्डर बिस्फोट भएपछि सामानहरु जलेर नष्ट भएका छन् । कति मूल्य बराबरको धनमाल जलेर नष्ट भएको भन्ने यकिन तथ्याङ्क भने आउन बाँकी छ ।

घाइते लामाको पदमपोखरी स्वाथ्यचौकीमा उपचार भईरहेको छ ।