६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सादा पोशाकको ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने तीन जना पूर्वप्रहरी पक्राउ



अ+ अ-

वीरगञ्ज । सादा पोशाकको ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय मुकेश सर्राफ, वीरगञ्ज महानगरपालिका–१४ पिपरा बस्ने ३७ वर्षीय ज्ञानबहादुर साह, र फेटा गाउँपालिका–७ कुकुरभुका २६ वर्षीय रवी शंकरप्रसाद यादव रहेका छन् ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको ईनर्वा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय आसपासबाट २५ गते बुधबार दिउँसो पक्राउ गरिएको थियो ।

उनीहरु मध्ये २ जना पूर्वप्रहरी र एक जना पूर्वसशस्त्र प्रहरी हुन् ।

प्रहरीका अनुसार थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।