१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय नेपाल शब्द प्रहरीको मात्रै हो, कांग्रेसको शब्दकोषबाट डिलिट गर्नुपर्‍यो : बाँस्कोटा



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जय नेपाल प्रहरीले पनि भन्ने गरेको तर त्यो शब्द प्रहरीको मात्रै नभएको बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने ‘जय नेपाल पुलिसले भन्छ। पुलिसको मात्रै हो त्यो? सम्बोधनको अन्तिमतिर प्रायः प्रतिपक्षले भन्ने गर्छ। जय नेपालको अभिवादन भन्ने गर्छ,।’

उनले भने महेन्द्रले कू गर्दा मात्रै जय नेपाल भन्ने शब्दको प्रयोग गरेका थिए अहिले यो शब्द प्रतिपक्षकाले प्रयोग गर्छन्। मेरो सरकार भन्ने शब्द हटाउने भए जय नेपाल पनि हटाउन ।

उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु नेपाली कांग्रेसले ‘जय नेपाल’ भन्नुजस्तै भएको बताए । शब्दावलीलाई लिएर अनावश्यक बहस भइरहेको बताए।

‘मेरो सरकार’ त शब्दकोषबाट डिलिट गर्नुपर्‍यो। कि परेन? ,’ उनले भने, ‘त्यो त नेपाली शब्दकोषमा राख्नैभएन। त्यस्तै हेर्नु हुन्छ भने जय नेपाल पनि राख्न भएन।’