६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ ३ मा नेकपाको एकता टुङ्गोे लगाउने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका तल्लो तहदेखि माथिसम्म सम्पूर्ण एकता टुङ्गोे लगाउने तयारी गरेको छ । जेठ ३ गतेको अवसर पारेर एकता हुन बाँकी स्थानीय निकाय, जिल्ला, प्रदेश, जनवर्गीय संगठन, विभाग, प्रवास लगायत सबैलाई टुंगो लगाउने तयारी भइरहेको नेकपाको सचिवालयले जनाएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जानुअघि बुधबार सचिवालयको बैठक बोलाएर एकता प्रक्रिया टुङ्गोे लगाउने विषयमा छलफल गरेका थिए ।

आउँदो जेठ ३ गते नेकपा गठन भएको एक वर्ष पूरा हुँदैछ । सोही अवसरमा सम्पूर्ण एकताको घोषणा गर्ने पुष्टि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग बसेर एकताको विषयमा टुङ्गोे लगाइएको र अबको दुई चारदिन पछि घोषणा गरिने बताए । पोलिटब्युरो गठन तथा केन्द्रीय कार्यसमितिको कार्यविभाजन पनि सँगै हुने उनले स्पष्ट पारे ।

अहिलेसम्म केन्द्रीय समिति, सचिवालय, स्थायी समिति, प्रदेश र जिल्लाको मात्र टुङ्गोे लागेको छ । केन्द्रीय समितिमा कार्यविभाजन हुन बाँकी छ भने प्रदेश र जिल्लामा कार्यसमितिको टुङ्गोे लाग्न बाँकी छ । जिल्लामा अध्यक्ष र सचिव तथा प्रदेशमा अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, सचिवको मात्र टुङ्गोे लागेको छ । पोलिटब्युरो गठन गर्न पनि बाँकी छ । यी सबै एकैपटक टुङ्ग्याउने तयारी सचिवालयले गरेको छ । स्थानीय तह र जिल्लाका अधिकांश एकता प्रक्रिया टुङ्ग्याइसकेको छ । कतिपय ठाउँमा शपथग्रहण समेत भइसकेको छ । कतिपय ठाउँमा प्रस्ताव तयार गरेर राखिएको छ भने कतिपय ठाउँमा स्थानीय तहको विवादका कारण जिल्लाको टुङ्गोे लागेको छैन ।

प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले सबै जिल्लामा सहमति भइसकेको र मोरङमा महानगरपालिकाको विवाद रहेको कारण जिल्लाको टुङ्गोे नलागेको जानकारी दिए । अरु स्थानीय तह र जिल्लाको एकता प्रक्रिया लगभग टुङ्गोे लागि सकेको बताए । प्रदेश २ मा जिल्ला र स्थानीय तह सबै बाँकी रहेका छन् । बीचमा प्रदेश तथा जिल्ला इन्चार्ज हेरफेर हुँदा एकता प्रक्रिया प्रभावित भएको छ । प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले यहाँका सबै स्थानीय तह बाँकी रहेका जानकारी दिए । जिल्लालाई चाँडो टुङ्गोे लगाउने अनि स्थानीय तहको टुङ्गोे लगाउने गरी छलफल शुरु भएको उहाँले स्पष्ट पारे ।

प्रदेश–३ मा एक हप्ताभित्र सबै एकीकरण टुङ्गोे लाग्ने बताइएको छ । प्रदेश–३ का इन्चार्ज नारायण दाहालका अनुसार पहिला जिल्लाको टुङ्गोे लाग्छ र त्यसपछि मात्र स्थानीय तहको टुङ्गोे लाग्छ । जिल्लाको कार्यसमिति बनाउने विषयमा लगभग सहमति भइसकेको छ र त्यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट