९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जेठ ३ मा नेकपाको एकता टुङ्गोे लगाउने

जेठ ३ मा नेकपाको एकता टुङ्गोे लगाउने
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका तल्लो तहदेखि माथिसम्म सम्पूर्ण एकता टुङ्गोे लगाउने तयारी गरेको छ । जेठ ३ गतेको अवसर पारेर एकता हुन बाँकी स्थानीय निकाय, जिल्ला, प्रदेश, जनवर्गीय संगठन, विभाग, प्रवास लगायत सबैलाई टुंगो लगाउने तयारी भइरहेको नेकपाको सचिवालयले जनाएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जानुअघि बुधबार सचिवालयको बैठक बोलाएर एकता प्रक्रिया टुङ्गोे लगाउने विषयमा छलफल गरेका थिए ।

आउँदो जेठ ३ गते नेकपा गठन भएको एक वर्ष पूरा हुँदैछ । सोही अवसरमा सम्पूर्ण एकताको घोषणा गर्ने पुष्टि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग बसेर एकताको विषयमा टुङ्गोे लगाइएको र अबको दुई चारदिन पछि घोषणा गरिने बताए । पोलिटब्युरो गठन तथा केन्द्रीय कार्यसमितिको कार्यविभाजन पनि सँगै हुने उनले स्पष्ट पारे ।

अहिलेसम्म केन्द्रीय समिति, सचिवालय, स्थायी समिति, प्रदेश र जिल्लाको मात्र टुङ्गोे लागेको छ । केन्द्रीय समितिमा कार्यविभाजन हुन बाँकी छ भने प्रदेश र जिल्लामा कार्यसमितिको टुङ्गोे लाग्न बाँकी छ । जिल्लामा अध्यक्ष र सचिव तथा प्रदेशमा अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, सचिवको मात्र टुङ्गोे लागेको छ । पोलिटब्युरो गठन गर्न पनि बाँकी छ । यी सबै एकैपटक टुङ्ग्याउने तयारी सचिवालयले गरेको छ । स्थानीय तह र जिल्लाका अधिकांश एकता प्रक्रिया टुङ्ग्याइसकेको छ । कतिपय ठाउँमा शपथग्रहण समेत भइसकेको छ । कतिपय ठाउँमा प्रस्ताव तयार गरेर राखिएको छ भने कतिपय ठाउँमा स्थानीय तहको विवादका कारण जिल्लाको टुङ्गोे लागेको छैन ।

प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले सबै जिल्लामा सहमति भइसकेको र मोरङमा महानगरपालिकाको विवाद रहेको कारण जिल्लाको टुङ्गोे नलागेको जानकारी दिए । अरु स्थानीय तह र जिल्लाको एकता प्रक्रिया लगभग टुङ्गोे लागि सकेको बताए । प्रदेश २ मा जिल्ला र स्थानीय तह सबै बाँकी रहेका छन् । बीचमा प्रदेश तथा जिल्ला इन्चार्ज हेरफेर हुँदा एकता प्रक्रिया प्रभावित भएको छ । प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले यहाँका सबै स्थानीय तह बाँकी रहेका जानकारी दिए । जिल्लालाई चाँडो टुङ्गोे लगाउने अनि स्थानीय तहको टुङ्गोे लगाउने गरी छलफल शुरु भएको उहाँले स्पष्ट पारे ।

प्रदेश–३ मा एक हप्ताभित्र सबै एकीकरण टुङ्गोे लाग्ने बताइएको छ । प्रदेश–३ का इन्चार्ज नारायण दाहालका अनुसार पहिला जिल्लाको टुङ्गोे लाग्छ र त्यसपछि मात्र स्थानीय तहको टुङ्गोे लाग्छ । जिल्लाको कार्यसमिति बनाउने विषयमा लगभग सहमति भइसकेको छ र त्यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट