१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग : आर्सनल पनि फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने



अ+ अ-

काठमाडौं । आर्सनल युरोपा लिगको फाइनलमा पुगेको छ।

बिहिबार राती भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ४–२ ले पराजित गर्‍यो। पहिलो लेग पनि आर्सनलले ३–१ ले जितेको थियो ।

आर्सनलको जितमा एमरिक ओवामियाङ्ले ह्याट्रिक गरे। खेलमा पहिलो अग्रता भने घरेलु मैदानमा भ्यालेन्सियाले लिएको थियो। खेलको ११ औं मिनेटमा केभिन गेमेरोले गोल गर्दै सो अग्रता दिलाएका थिए।

उनको सो अग्रतालाई खेलको १७ औं मिनेटमा एमरिकले गोल गर्दै बराबरी गरे र पहिलो हाफ १–१ को बराबरीमा सकियो।

त्यसपछि एलेसान्द्रे लाकाजेटले खेलको ५० औं मिनेटमा गोल गर्दै आर्सनललाई २(१ को अग्रता दिलाए। सो अग्रतालाई खेलको ५८ औं मिनेटमा गेमेरोले दोश्रो गोल गर्दै पुनः बराबरी गरे। फेरी खेलको ६९ औं मिनेटमा एमरिकले व्यक्तिगत दोश्रो गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए। ततःपश्चात उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र खेल ४२ को नतिजामा सकियो।

उपाधिका लागि उसले अर्को ईङ्लिश क्लबसँग चेल्सीसँग मे २९ मा खेल्नेछ।