२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमानढोकामा चीर ठड्याएसँगै मुलुकभर होली पर्व सुरु (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । वसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याइएको छ । चीर ठड्याएसँगै मुलुकभर होली पर्व शुरु भएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रङ्गीचङ्गी ध्वजापताकासहितको बाँसको तीन तले चीर ठड्याइएको हो ।

फाल्गुण शुक्ल अष्टमीमा चीर ठड्याएपछि होली पर्व शुरु भएको मानिन्छ । पूर्णिमाको रातमा टुँडिखेल पुर्याएर चीर दाहगरेपछि होली समाप्त हुन्छ। चीर ठड्याएको शुभसाइतमा हनुमानढोकाभित्र डाखचोक र मोहनकाली चोकमा मयलरुखको हाँगामा रङ्गीचङ्गी कपडाहरुको टुक्रासहित चीर गाडिन्छ ।

यस वर्षको होली पर्व पहाडमा चैत ३ गते र तराईमा चैत ४ गते मनाइँदैछ । सरकारले पहाडी भेगमा चैत ३ गते र तराई क्षेत्रमा चैत ४ गते होली पर्व मनाउन सार्वजनिक बिदा दिएको छ । होली पर्व फागु पूर्णिमाको दिन पर्दछ ।