• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

हनुमानढोकामा चीर ठड्याएसँगै मुलुकभर होली पर्व सुरु (भिडियोसहित)



काठमाडौँ । वसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याइएको छ । चीर ठड्याएसँगै मुलुकभर होली पर्व शुरु भएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रङ्गीचङ्गी ध्वजापताकासहितको बाँसको तीन तले चीर ठड्याइएको हो ।

फाल्गुण शुक्ल अष्टमीमा चीर ठड्याएपछि होली पर्व शुरु भएको मानिन्छ । पूर्णिमाको रातमा टुँडिखेल पुर्याएर चीर दाहगरेपछि होली समाप्त हुन्छ। चीर ठड्याएको शुभसाइतमा हनुमानढोकाभित्र डाखचोक र मोहनकाली चोकमा मयलरुखको हाँगामा रङ्गीचङ्गी कपडाहरुको टुक्रासहित चीर गाडिन्छ ।

यस वर्षको होली पर्व पहाडमा चैत ३ गते र तराईमा चैत ४ गते मनाइँदैछ । सरकारले पहाडी भेगमा चैत ३ गते र तराई क्षेत्रमा चैत ४ गते होली पर्व मनाउन सार्वजनिक बिदा दिएको छ । होली पर्व फागु पूर्णिमाको दिन पर्दछ ।