१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा खुला दिसामुक्त अभियान



अ+ अ-

अबुजा । नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ ।

जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्राष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताउनुभयो ।
“स्वच्छ नाइजेरिया, शौचालयको प्रयोग बढाऔं” नारा दिइएको यस कार्यक्रममा आमजनतालाई सक्रिय सहभागी गराइने पनि मन्त्री सुलेमानले बताए।

नाइजेरियाका ७७४ वटा स्थानीय निकायमध्ये १० वटामा मात्र खुला ठाउँमा दिसा गर्न प्रतिबन्ध लगाइएको छ । नाइजेरियाका झण्डै चार करोड ७० लाख मानिसले अझै पनि खुला ठाउँमा दिसा गर्ने गरेका थिए ।

खुला ठाउँमा दिसा गर्ने मुलुकहरुको विश्वश्रेणीमा भारत पहिलो र नाइजेरिया दोस्रो स्थानमा रहेका छन् ।