१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन दुई अखिलको माग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेललाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गर्नुभएको हो ।

ध्यानाकर्षण पत्रमा संविधानले कक्षा १२ सम्मको शिक्षा निःशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेकोले त्यो कार्यन्वयनका लागि बजेट बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै आयोगका उपाध्यक्ष कँडेलले विद्यार्थी सङ्गठनको मागलाई सकारात्मक रुपमा लिएको भन्दै शिक्षामा बजेट प्रतिशत नबढेपनि रकम बढेको जानकारी गराउनुभयो । उहाँले साधन स्रोतले पुगेसम्म बजेट बढाउन सक्दो प्रयास गर्ने समेत बताउनुभयो ।