१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल प्रवेशका लागि दिल्लीले चेन्नाईसँग खेल्दै, सन्दीपको भेट धोनीसँग होला त ?



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

भिसखापट्नाममा आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।दिल्ली ऐतिहासिक जित सहित फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्न चाहन्छ भने चेन्नाई पनि फाइनमा मुम्बईसँग खेल्न चाहान्छ ।

दिल्ली लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । यता चेन्नाई भने लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन चाहन्छ । लिगचरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग फराकिलो अन्तरले पराजित भएको छ । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो ।

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट ६ खेल मात्रै खेल्न पाएको छ ।सन्दीपले ६ खेलबाट ८ विकेट लिएका छन् । सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा उनले कुनै विकेट लिन सकेका थिएनन् ।

दिल्लीलेसन्दीप विनै पनि दिल्लीले सफलता पाइरहेको छ । त्यसकारण पनि सन्दीप एकपछि अर्को खेलमा बेन्चमै रहँदै आएका छन् । आज हुने खेलमा पनि सन्दिपले चान्स पाउने सम्भावना कम नै रहेको देखिन्छ ।