२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल प्रवेशका लागि दिल्लीले चेन्नाईसँग खेल्दै, सन्दीपको भेट धोनीसँग होला त ?



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

भिसखापट्नाममा आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।दिल्ली ऐतिहासिक जित सहित फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्न चाहन्छ भने चेन्नाई पनि फाइनमा मुम्बईसँग खेल्न चाहान्छ ।

दिल्ली लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । यता चेन्नाई भने लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन चाहन्छ । लिगचरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग फराकिलो अन्तरले पराजित भएको छ । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो ।

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट ६ खेल मात्रै खेल्न पाएको छ ।सन्दीपले ६ खेलबाट ८ विकेट लिएका छन् । सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा उनले कुनै विकेट लिन सकेका थिएनन् ।

दिल्लीलेसन्दीप विनै पनि दिल्लीले सफलता पाइरहेको छ । त्यसकारण पनि सन्दीप एकपछि अर्को खेलमा बेन्चमै रहँदै आएका छन् । आज हुने खेलमा पनि सन्दिपले चान्स पाउने सम्भावना कम नै रहेको देखिन्छ ।