१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हेरोइन सहित दुईजना भारतीय पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–३ बतौनीबाट लागुऔषध खैरो हेरोइन सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गाडी चालक भारत कुसाकट्टा–१५ पाडरियाका २८ वर्षीय सन्तोश मण्डल र गाडीमा सवार २४ वर्षीय कमरुल खान रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपाने बताए ।

डीएसपी न्यौपानेका अनुसार बिहीबार राति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डी एल ७ सी एम ०१७६ नम्बरको स्कोरपिओ गाडीबाट १ सय २५ ग्राम खैरो हेरोइन बरामद भएको थियो।

उनीहरु विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।