२ पुष २०८२, बुधबार
,
Latest
सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हेरोइन सहित दुईजना भारतीय पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–३ बतौनीबाट लागुऔषध खैरो हेरोइन सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गाडी चालक भारत कुसाकट्टा–१५ पाडरियाका २८ वर्षीय सन्तोश मण्डल र गाडीमा सवार २४ वर्षीय कमरुल खान रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपाने बताए ।

डीएसपी न्यौपानेका अनुसार बिहीबार राति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डी एल ७ सी एम ०१७६ नम्बरको स्कोरपिओ गाडीबाट १ सय २५ ग्राम खैरो हेरोइन बरामद भएको थियो।

उनीहरु विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।