२ पुष २०८२, बुधबार
,
Latest
सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई राउन्ड हवाइ फायर गरि विप्लवका नेता पक्राउ, अरू दुई जना भाग्न सफल



अ+ अ-

रुकुम पश्चिम । विप्लव समूह निकट युवा संगठनका जिल्ला अध्यक्ष दुई राउन्ड हवाइ फायर गरि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा रहेका छन् ।

उनलाई रुकुम पश्चिमको चौरजहारी–५ मा बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार शर्मा भाग्न खोजेपछि हवाइ फायर गर्नु परेको बताएका छन् ।

प्रहरीले शर्मालाई पक्राउ गर्न सफल भए पनि उनीसँगै रहेका अरू दुई जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ।