९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पर्यटन विश्वविद्धालय स्थापना गर्न सबै लागौं: पुर्व उपाध्यक्ष शाह

पर्यटन विश्वविद्धालय स्थापना गर्न सबै लागौं: पुर्व उपाध्यक्ष शाह
अ अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पर्यटनलाई उद्योगको रुपमा बिकाश गर्न सबैले कुरा उठाए पनि त्यतातिर कसैले ध्यान नदिएको आरोप लगाएका छन् ।

युनियन हाउस अनामनगरमा आज पत्रकार सम्मेलन गर्दै शाहले साच्चिकै उद्योगको रुपमा बिकाश गर्न नेपालमा पर्यटन बिश्वबिद्धालयको स्थापना गर्न तिर सबैको ध्यान जानुपर्ने जरुरी भएको बताए।

शाहले नेपालको शिक्षालाई बैज्ञानिक रुपमा रुपान्तरण गर्न जेष्ठ ११ गते प्रज्ञा भवनमा प्रतिपक्ष दलका ११ विद्यार्थी संगठनहरुले अन्तरक्रिया गर्ने पनि बताएका छन्। सो अन्तरक्रियामा नेपालको अनुसन्धान र आविस्कारकोको बारेमा बृहत् पनि गरिने जानकारी शाहले दिए।

शाहले भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको र यसलाई नियन्त्रण गर्ने निकाए अख्तियार दुरुपयोग अनुसन्धान आयोग निरिह भएको भन्दै त्यसलाई चलाएमान बनाउन बर्षौदेखी भ्रष्टचारमा लिप्त भएका कर्मचारीहरुलाई त्यसको जिम्मा नलगाई खुल्ला प्रतिस्पर्धाबाट युवाहरूलाई स्थान दिनुपर्ने पनि माग समेत गरे ।

पत्रकार सम्मेलनमामा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौ), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ,समाजवादी विद्यार्थी फोरम, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

सोही कार्यक्रमबाट बिप्लब नेतृत्वको अखिल क्रान्तिकारी अध्यक्षलाई प्रहरीले प्रकाउ गरेको थियो। प्रकाउ गर्ने क्रममा एघार विद्यार्थी संगठनका नेता र प्रहरी बिच पनि हातपात भएको थियो।