१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीमाथि भारतीय प्रहरीले हातपात गरेपछि….



अ+ अ-

काठमाडौं । मदिरा पिएर नेपाल प्रहरीलाई हातपात गर्न खोज्ने तीन भारतीय प्रहरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।

भारतमा लोक सभा चुनाव भइरहेको र उक्त चुनावमा खटिइ नेपालतर्फको बोर्डरसम्म आएका बिहारी मिलिटिरी फोर्सका शिव एस कम्पनी बटालियन सीतामढीका तीन जना प्रहरीलाई पक्राउ गरी भन्सार प्रहरीको जिम्मा लगाइएको छ।

उनीहरु चुनावमा थप मद्दतका लागि भारतको बैरगनियाँ आएका थिए। हवल्दार पृथ्वी पुनको नेतृत्वमा सिपाही खड्गबहादुर भण्डारी र सुमन आले नेपाल छिरेका हुन्।

नेपाल छिरेका उनीहरुले एक पसलमा रक्सी खाएर आपसमा झगडा गरेका र गौर भन्सारमा रहेका सुरक्षा गार्ड सम्झाउन पुग्दा उनीहरुले त्यहाँका नेपाल प्रहरीमाथि हातपात गर्न खोजेका थिए।

लगत्तै नजिकै रहेको नेपाल सशस्त्र बेसक्याम्पका सई शिवहरि थापाको टोलीले तिनीहरुलाई नियन्त्रणमा लिएको समाचार नागरिक दैनिकमा छ ।