२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा नेदेयून्येमालाई ‘विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थ’ पुरस्कार



अ+ अ-

लण्डन। अक्सफोर्ड विश्वविद्यालयले यसवर्षको ‘विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थ पुरस्कार’ डा निजोदी नेदेयून्येमाद्वारा लिखित नामिबियाको संविधानमा उल्लेख पानीसम्बन्धी अधिकारको व्याख्या गरिएको कृतिलाई अर्पण गरेको छ ।    

सो  विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीका नाममा सो पुरस्कार स्थापना गरेको थियो ।  डा नेदेयून्येमाको उक्त शोधग्रन्थ यस वर्षको सो विश्वविद्यालयको कानुन सङ्कायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनोट समेत भएको थियो । सोही विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका प्रा सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो भने सन् २०२० मा प्रा सुवेदीका नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो ।

प्रा सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक, बेलायतका ब्यारिष्टर र क्यूसी हुनुहुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको  प्राज्ञसभाले उहाँलाई अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन उल्लेख्य योगदान पु¥याएको र स्वयं पनि ख्यातिप्राप्त गरेको व्यक्ति जनाउँदै सन् २०२१ मा मानार्थ प्राज्ञमा मनोनयन गरेको थियो ।रासस