१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटोकपीको भरमा करोडौं मुल्यको जग्गा पास



अ+ अ-

काठमाडौं । अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं। १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ । यो जग्गा शैलजा भट्टको हो । यो हाल काठमाडौं महानगरपालिका–३२ मा पर्छ ।

काठमाडौंको तीनकुनेमा रहेको सो जग्गा ५ आना ० पैसा ३ दाम र १ आना २ पैसा ३ दाम क्षेत्रफल रहेको जग्गा अधिकृत वारेसनामाको फोटोकपी पेस गरेकै आधारमा मालपोल कार्यालय डिल्लीबजारले पटक–पटक थुप्रै व्यक्तिको नाममा पास गरेको पाइएको छ ।

शैलजा भट्टको नाममा रहेको जग्गा ०७५ पुस २३ गते मालपोत कार्यालय डिल्लीबजारले अधिकृत वारेसनामाको फोटोकपीकै भरमा मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र विष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको पाइएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।