१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

शहिदगेटमा नयाँ तस्बिर राखिने

शहिदगेटमा नयाँ तस्बिर राखिने
अ अ+ अ-

काठमाडौँ । केही वर्षअघि शहीदगेटबाट चोरिएका ढलौटका चारवटा तस्बिरको स्थानमा नयाँ तस्बिर राखिने भएको छ । नेवाः भोलिन्टियर्सको अग्रसरतामा तस्बिर राख्न लागिएको हो ।

चोरिएका ती तस्बिर खोज्न वा पुनः त्यहाँ नयाँ तस्बिर राख्न कसैले पनि चासो नदेखाएपछि आफूले पहल लिएको संस्थाको दाबी छ । संस्थाका अध्यक्ष मनोज नेवाः खड्गीले चोरी भएका तिनै तस्बिरका ठाँउमा पूर्ववत् तस्बिर राख्न काठमाडौं महानगरपालिकासँग आफूहरुले लिखित अनुमति लिएको बताउँदै भने, “पहिलेकै जस्तो तस्बिर राख्न चाहेका छौँ । छिटै बनाउँछौँ ।”

तत्कालीन राजा त्रिभुवन स्वदेश फिर्दा विमानस्थलको दृश्य, सानो टुँडिखेलमा स्रोताहरूको भीडमा भाषण दिइरहेको दृश्य, नयाँसडकतर्फ साइकल चढेर गइरहेको दृश्य र जुलुसको दृश्य गरी चार वटा तस्बिर थिए । ती तस्बिर अहिले हराएको छ ।

अन्ठाउन्न वर्षअघि पित्तलबाट तस्बिर बनाउनुभएका कलाकार बालकृष्ण तुलाधरलाई आफूले गरेको मिहिनेत चोरी भएको र त्यसको खोजविन नगरिएकोप्रति चित्त दुःखाइ रहेको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।