१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकालाई मेट्रोसिटी बनाउन विज्ञको सुझाव



अ+ अ-

काठमाडौं । स्थानीय शासन विज्ञहरूले काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि बृहत मेट्रोसिटी निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

यसअघि स्थानीय तह पुनःसंरचना आयोगले उपत्यकाको एकीकृत विकासका लागि राजधानी उपत्यका सहर (मेट्रोसिटि) निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय शासन विज्ञ एवं साबिक स्थानीय तह पुनःसंरचना आयोगका सदस्य डा. श्याम भुर्तेलले काठमाडौं उपत्यकाको एकीकृत विकासको प्रमुख आधार नै ‘मेट्रोसिटि’ निर्माण भएको बताए ।

उनका अनुसार, राजधानीका सबै नगरपालिकाको भूगोल एक आपसमा जोडिएका, विकास निर्माणका समस्या र समाधानको उपायसमेत समान भएका र अन्तर नगरपालिका जोड्ने साझा योजना निर्माणका लागि राजधानी उपत्यका सहर (मेट्रोसिटि) निर्माण गर्न तत्कालीन आयोगले सरकारलाई सुझाव दिएको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।