१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एक वर्षभित्र ५५६ मेगावाट बिजुली थपिँदै

एक वर्षभित्र ५५६ मेगावाट बिजुली थपिँदै
अ अ+ अ-

काठमाडौं । जिल्लामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट एक वर्षभित्र ५ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा थप हुने भएको छ। कुनै अवरोध नआए निर्माणाधीन सबै आयोजना एक वर्षभित्र पूरा भई यो विद्युत् राष्ट्रिय प्रसारणमा थप हुने देखिएको हो। निर्माणाधीन अवस्थाका सातवटा आयोजनाको ७२ देखि ९७ प्रतिशतसम्म काम पूरा भएको सम्बद्ध पक्षले जानकारी दिएको छ।

स्वदेशी लगानीको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित निजी क्षेत्रबाट बनाइँदै गरेका आयोजनाको काम तीव्र गतिमा भइरहेको छ। ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना कात्तिकभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा।गणेश न्यौपानेको भनाइ छ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन ६ आयोजनाको एक सय मेगावाट पनि एक वर्षभित्र राष्ट्रिय प्रसारणलाइनमा जोडिने अवस्थामा पुगेको छ। निजी क्षेत्रबाट जिल्लामा निर्माणाधीन आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजनामा गौरीशंकर गाउँपालिका–७, मार्बुमा निर्माणाधीन खानीखोला–१ जलविद्युत् आयोजना हो। ग्रिनलाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको यो आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ। सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन समयमा नबन्दा ३ वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको आयोजनामा ढिला हुन पुगेको प्रवद्र्धकको भनाइ छ।

सिंगटीखोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको सिंगटीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सकिएको छ। योे आयोजनाले साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजना प्रमुख मनोहरी सापकोटाले जानकारी दिए।

६ महिनामा उत्पादन लक्ष्य लिएर सोही वडामा निर्माणाधीन ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको प्रगति पनि ८० प्रतिशतभन्दा बढी पुगेको छ। युनिभर्सल पावर कम्पनीद्वारा गौरीशंकर गाउँपालिका ५ र ६ मा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोलाको काम पनि ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। चालु आवमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरे र दोलखाको जिरी नगरपालिका–१, श्यामामा निर्माणाधीन माथिल्लो खिम्तीखोला १ र २ को १९ मेगावाट क्षमताको आयोजनाको प्रगति पनि ८० प्रतिशतभन्दा बढी छ। अन्नपुर्ण पोष्टवाट ।