१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

लगानी बोर्डमा थप पाँच नयाँ परियोजनका लागि आशय

लगानी बोर्डमा थप पाँच नयाँ परियोजनका लागि आशय
अ अ+ अ-

काठमाडौं । लगानी बोर्डमा थप पाँच नयाँ परियोजनका लागि आशय प्राप्त भएको छ। पाँचमध्ये चार परियोजना लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका हुन्। सम्मेलनमा नराखिएको एउटा परियोजना पनि लगानीका लागि आशय व्यक्त भएको छ।

सरकारले गत चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गरेको थियो। सरकारका तर्फबाट ५० र निजी क्षेत्रको तर्फबाट २७ परियोजना सम्मेलनमा प्रस्तुत गरिएको थियो। वैशाख ८ गतेसम्म आशय व्यक्त गर्न सकिने गरी लगानीकर्तालाई समय दिएको थियो। उक्त अवधिमा ३१ परियोजनाका लागि ४८ वटा आशय प्राप्त भएको थियो। आशयकर्ताको संख्या अझै बढ्ने अपेक्षासहित यो अवधिलाई एक महिना थप गरिएको थियो। इच्छुक लगानीकर्ताले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। थप गरिएको अवधिमा पाँचवटा नयाँ परियोजनासहित १० आशय प्राप्त भएको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए। अब लगानी बोर्डमा आशय व्यक्त भएका परियोजनाको संख्या ३६ पुगेको छ।

नयाँ आशयका रूपमा कृषि तथा पर्यटन पूर्वाधारका क्षेत्रमा २र२ आशय र स्वास्थ्य शिक्षाको एक परियोजना छ। एकीकृत कृषि परियोजना अत्तरिया र एकीकृत कृषि परियोजना पर्सामा नयाँ प्रस्ताव आएको हो। पर्यटनमा धुलिखेल ड्रिमल्यान्ड र गोसाइगुण्ड केबल कारमा आशय व्यक्त भएको छ। गोसाइकुण्ड केबल कार परियोजना लगानी सम्मेलनमा प्रस्तुत गरिएको थिएन। प्रदेश ३ ले आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रममा यो परियोजना विकास गर्ने उल्लेख गरिएको थियो।

आशयका लागि समय थप गरिनुअघि नै प्रस्ताव परेका एकीकृत कृषि परियोजना सुर्खेत, एकीकृत कृषि परियोजना चितवन र बनेपा तथा एकीकृत कृषि परियोजना पोखरा, एकीकृत कृषि परियोजना तिलोत्तमा र एकीकृत कृषि परियोजना मोरङको प्रस्ताव थप भएको हो। यस्तै गण्डकी प्राविधिक विश्वविद्यालयमा पनि एक आशय थप भएको छ।

पाँचमध्ये चार परियोजना लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका हुन्।

‘उत्साहप्रद रूपमा लगानीका आशय आउने क्रम जारी छ’, रिज्यालले भने, ‘केही आशय प्रदर्शनीमा नराखिएका राष्ट्रिय गौरब तथा महत्त्वपूर्ण आयोजनामा समेत आएका छन्  । आयोजनाको महत्त्वका आधारमा कार्यान्वयनमा ल्याउनुपर्छ।’ यसका लागि तीन कार्ययोजना बनाएका छौं। प्राप्त आशयका आधारमा प्रस्ताव माग गरी प्रतिस्पर्धी र पारदर्शी ढंगले परियोजना विकासकर्ता छनोट गरिने बोर्डले जनाएको छ। बोर्डको कार्यालयले ती मध्ये पहिलो चरणका लागि तीन महिनाभित्र विकासकर्ता छनोट गर्नेछ। दोस्रो चरणमा १७ परियोजनाको विकासकर्ता छनोट फागुन ८ भित्र र तेस्रो चरणमा ६ परियोजनाको विकासकर्ता छनोट ०७७ भदौ ४ भित्र गरिसक्ने कार्ययोजना बनाएको उनले बताए ।

प्राप्त आवेदनको मूल्यांकन तथा सम्मेलनमा भएका समझदारी र सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आर्थिक तथा भौतिक पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको बोर्डले जनाएको छ।

लगानी बोर्डको वैशाख ५ गतेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा लगानी बोर्डको कार्यालय प्रतिनिधित्व गर्ने एकरएक जना सहसचिव रहनेछन्। अन्नपुर्ण पोष्टवाट ।