१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

७५ वर्षीया वृद्धालाई नागरिकता



अ+ अ-

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाउनुभएको हो । बृद्धा बस्नेतले २००१ वैशाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाउनुभएको थिएन । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी गुठीचौर गाउँपालिका–२ की चाउली बोहोराले ५३ वर्षको उमेर नागरिकता पाउँदा खुशी हुँदै भन्नुभयो, यहाँको मान्छेको सरदर आयु ६० वर्ष हो, नागरिकताको प्रमाणपत्र नपाउँदै मर्छु कि भन्ने चिन्ता थियो, ५३ वर्षको उमेरमा आएर नागरिकता पाउँदा खुशी लागेको बताउनुभयो । त्यसैगरी सुत्केरी भएको दुई महीना पनि नपुगेकी सोही गाउँपालिका–२ की दिलमाया गिरीले पनि नागरिकता प्राप्त गर्नुभयो ।शिविरमा २० देखि ७५ वर्ष उमेर समूहका ४१ महिला र ५१ पुरुषलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार यहाँका बासिन्दाले सो प्रमाणपत्रको अभाबमा राज्यबाट उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित हुन नपरोस् भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकीकृत घुम्ती सेवा सञ्चालन गरिने उहाँको भनाइ थियो ।