९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मुहान सुक्न थालेपछि संरक्षण थालियो

मुहान सुक्न थालेपछि संरक्षण थालियो
अ अ+ अ-

बागलुङ । पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो । हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण सुक्दै गएकाले रु चार लाख खर्च गरी चुहावट हुन नदिन पक्की बनाइएको सो आयोजनाका अध्यक्ष रेशम थापाले बताउनुभयो । “मुहान संरक्षण गरे पुस्तौँसम्म खानेपानीको अभाव नहोला”, उहाँले भन्नुभयो, “मुहान संरक्षण भएपछि सङ्कटग्रस्त क्षेत्रमा समेत पानी आपूर्ति गर्ने योजनामा छौँ ।”जिल्लामा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्नाका साथै भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेपछि नमूनाका रूपमा सो कार्य गरिएकोे र अर्को वर्षदेखि योजनावद्ध ढङ्गबाट मुहान संरक्षणमा लागिने उक्त कार्यालयका डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले बताउनुभयो ।

कक्षाकोठामै शुद्ध खानेपानी जिल्लाको नमूना विद्यालयको रुपमा परिचित रुद्रेपिपल माध्यामिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थाका लागि विद्यार्थीलाई निःशुल्क जार र डिस्पेन्सर प्रदान गरिएको छ । निर्माण व्यवसायी कुमार खड्काले प्रत्येक कक्षामा खानेपानीको व्यवस्थापनका लागि १८ थान जार र डिस्पेन्सर प्रदान गरिएकोे जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीेको चाप अत्यधिक भएका कारण खानेपानीको समस्या बढेकाले कक्षाकोठामै खानेपानीको प्रबन्ध मिलाइएको विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताउनुभयो । “विद्यालयमा रहेको युरोगार्डबाट पानी जारमा भरेर डिस्पेन्सरमार्फत कक्षा कोठामै विद्यार्थीलाई पानी खुवाउन सकिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय उक्त विद्यालयमा निजी विद्यालयका विद्यार्थी समेत थपिएकाले विद्यार्थीको चाप बढ्दा कक्षा ८, ९ र १० मा दुई÷दुई कक्षा ९सेक्सन० सञ्चालन गरेर अध्यापन गराउनुपरेको विद्यालयले जनाएको छ । दाता खड्काले शुद्ध खानेपानीका लागि रू १५ हजारको बराबरको जार र डिस्पेन्सर प्रदान गर्नुभएकोे विद्यालयले जनाएको छ । विद्यालयमा हाल अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमबाट अध्यापन भइरहेका कारण विद्यार्थीको आकर्षण बढेको विद्यालयले जनाएको छ । बागलुङ नगरपालिकाका अन्य विद्यालयमा विद्यार्थी अभावका कारण नगरभित्रका छ विद्यालय खारेज तथा छ विद्यालय घटुवामा परेपनि यस विद्यालयमा भने हाल ६०० विद्यार्थी छन् । विद्यालयमा यही शैक्षिकसत्रमा १८० नया“ विद्यार्थी भर्ना भएका थिए ।