६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको निर्णायक अधिकार जनतामै छ, पार्टीको एकलौटी निर्णयले घोषणा हुँदैन : ओनसरी



अ+ अ-

बुटवल । पूर्वसभामुख ओनसरी घर्तीले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहनदिनुपर्ने बताएकी छिन् । कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् ।

आइतबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने बताईन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।

मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ ।

बिपक्षीका कारण दिनप्रतिदिन सरकारको आलोचना बढेको भन्दै उनले तत्काल सरकारको नेतृत्व फेरबदल नहुने समेत प्रष्ट पारिन् ।