९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एयर ईन्डियाको बिमान मार्फत स्वदेश फर्किदै सन्दीप

एयर ईन्डियाको बिमान मार्फत स्वदेश फर्किदै सन्दीप
अ अ+ अ-

काठमाडौं । नेपालका युवा क्रीकेटर सन्दीप लामिछाने आज स्वदेश फर्किदै छन् । भारतका जारी ईन्डियन प्रिमियर लिग (आईपिएल) मा उनि आबद्ध टोली दिल्ली क्यापिटल्स लिगबाट बाहिरिएसँगै उनि नेपाल फर्किने भएका हुन् ।

शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली चेन्नई सुपर किग्ससगँ ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिएको थियो ।

नेपाली राष्टिय टिमका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप आज दिउँसो एयर ईन्डियाको बिमान मार्फत २ः३५ मा त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।

यो सिजन ६ खेलमा आठ विकेट लिएका सन्दिपले खेलको अन्तिम खेलमा निकै महंगो बनेको थिए । आइपीएलमा पहिलो पटक सन्दीपले पुरै चार ओभर बलिङ गर्न पाएनन् । उनले यो सिजनमा क्रिस गेल, लोकेश राहुल, मोयन अली, सरफराज खान, साम कुरान जस्ता खेलाडीको विकेट लिएका थिए ।

गत सिजनमा आईपीएलमा डेव्यु गरेको सन्दीपले यस पटक चाडैंनै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।

उनी यसपटक जेठ १ गतेबाट काठमाडौंमा हुने प्रधानमन्त्री कप एकदिवसिय राष्टिय क्रीकेट प्रतियोगितामा सहभागिता जनाउन सक्छ्न् । जसको आधिकारिक पुष्टि भने भएको छैन् ।