६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सागुम्बा टिप्न शिक्षक नै गएपछि रुकुम पूर्वका सबै विद्यालय दुई महिनाका लागि बन्द



अ+ अ-
file-photo

रुकुम पूर्व । यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि रुकुम पूर्वका सबै विद्यालय जेठ र असार महिना बन्द हुने भएको छ ।

यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्दछन् । उक्त गाउँपालिकामा रहेका विभिन्न पाटन (बुकी) मा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु हुने गर्दछ । पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन् ।

स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जनकारी दिए । शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जानेभएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए ।

विभिन्न बहानामा लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले नदेखेजस्तो गर्दा समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ । शिक्षक आफैं यार्सा टिप्न जानका लागि हातारहतारमा विद्यालय बन्द गर्ने गरेको उनको भनाइ छ ।

यसबारेमा जिल्ला शिक्षा तथा समन्वय इकाइमा कुनै औपचारिक जानकारी नआएको बताइएको छ । हरेक वर्ष यार्सा टिप्ने समयमा विद्यालय बन्द हुने प्रचलन जस्तै भएको समन्वय इकाइ प्रमुख तिलक गौतमले बताए । अहिले बन्द भए पनि बर्खे बिदामा मिलान गरिने हुँदा पठनपाठनमा खासै असर नपुग्ने उनको भनाइ छ ।