काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत
कारबाही गर्नेस्पष्ट पारे ।
मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याइएको भन्दै उजुरी गर्न पीडित नर्सहरुलाई आह्वान समेत गरे ।