१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लगातार दोस्रो पटक सिटी बन्यो च्याम्पियन, ब्राइटन उसैको मैदानमा पराजित



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले लगातार दोस्रो पटक जितेको छ ।

आइतबार साँझ भएको लिगको अन्तिम खेलमा ब्राइटनलाई उसैको मैदानमा ४–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीको जितमा सर्जियो एग्युरो,एमेरिक लापोर्ट, रियाद माहरेज र इल्काए गुन्डोगनले समान एक एक् गोल गरे । एग्युरोले खेलको २८औं मिनेटमा पहिलो गोल गरे । यता,ब्राइटनका लागि ग्लेन मरेले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता ब्राइटनले लिएको थियो ।ब्राइटनका लागि २७औं मिनेटमा ग्लेन मरेले गोल गरेका थिए । उनले पास्कल ग्रसको पासमा गोल गरेका थिए ।

सिटीका लागि लापोर्टले ३८औं मिनेटमा हेड गोल गरेदै खेलमा २–० को अग्रता बनाए । पहिलो हाफ २–० ले अगाडि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६३औं मिनेटमा माहरेजले तेस्रो गोल गरे । ७२औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए ।