१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : गेटाफे विरुद्ध बार्सिलोनाको कठिन जित, भिडालको एक गोल



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति भएको लिगको ३७औं खेलमा लिग च्याम्पियन बार्सिलोनाले पाहुना टोली गेटाफेमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि अर्टुरो भिडाल एक गोल गरे भने एक गोल उपहारमा पायो ।

निक्कै नै कमजोर खेल खेलेको बार्सिलोनाले खेलको ३९औं मिनेटमा भिडालले गोल मार्फत अग्रता बनायो । उनले कप्तान लिओनल मेस्सीले हानेको फ्रि किक बललाई बक्स भित्रबाट भिडालले जाली चुमाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको बार्सिलोनाले खेलको ८९औं मिनेटमा उपहार गोल पायो । मेस्सीको प्रहार क्लिय गर्न खोज्दा डिज्ने डाकोनामले आफ्नै पोस्टमा गोल गरेपछि खेल बार्सिलोनाले २–० ले जित्यो ।