१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्री मनसुन कमजोर हुँदा देशभर तापक्रम बढ्ने

प्री मनसुन कमजोर हुँदा देशभर तापक्रम बढ्ने
अ अ+ अ-

काठमाडौं । प्री मनसुन कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको प्री मनसुन वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक तापक्रम बढ्यो ।

यतिबेला नेपालगञ्जमा सबैभन्दा बढी ४३.५ डिग्री सेन्टिग्रेड तापक्रम छ । त्यस्तै धनगढीमा ४२.४ डिग्री आसपास तापक्रम छ भैरहवामा ४१.६ डिग्री रहँदै तेस्रो तातो सहर बनेको छ । यस्तै चौथोमा दिपायल रहेको छ भने काठमाडौंमा ३२.५ डिग्री तापक्रम पुगेको छ ।

प्री मनसुन कमजोर भएको अवस्थाले गर्मी बढाएको मौसमविद सुवास रिमालले बताउनुभयो । यो तातो बढ्ने समय हो तर गत सालभन्दा अलिक अगाडि नै गर्मी भएको छ, उहाँले भन्नुभयो, ‘सन्तुलन ल्याउन वर्षा हुनुपर्छ तर वर्षा प्रणाली त्यति बलियो छैन ।’ उहाँको अनुसार आइतबादेखि केही दिन हल्का पानी पर्ने छ । त्यसले केही शीतल महसुस गराए पनि फेरि तातो बढाउने छ । हिन्द महासागरबाट आउने एलनीनो वर्षा प्रणाली कमजोर रहेकाले नेपाल, भारतलगायतका भेगमा कतै बढी पानी पर्ने र कतै कम पानी पर्ने अवस्था रहन्छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।