६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरी ‘ए’ : रोमासँग लिग च्याम्पियन युभेन्टसको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लिग च्याम्पियन युभेन्टसले लज्जास्पद हार व्यहोरेको छ । गत राति भएको खेलमा युभेन्टस रोमासँग २–० ले पराजित भइको हो ।

घरेलु मैदानमा भएको खेलमा रोमाका लागि फ्लारेन्जी र इडेन जेकोले समान एक एक गोल गरे । निक्कै नै रोमाञ्चक खेलमा रोमाका लागि ७९औं मिनेटमा फ्लारेन्जीले पहिलो गोल गरे भने त्यसपछि थपिएको समयमा इडेन जेकोले गोल गर्दै रोमालाई २–० ले जिताए ।

यो हारुँगै युभेन्टस ३६ खेलबाट ८९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत छ । रोमा समान खेलबाट ६२ अंकसहित छैटौं स्थानमा छ ।