१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मुलुकभर डढेलोको प्रकोप, यो साता वर्षकै सबैभन्दा बढी डढेलो

मुलुकभर डढेलोको प्रकोप, यो साता वर्षकै सबैभन्दा बढी डढेलो
अ अ+ अ-

काठमाडौं। सरकारले डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष करोडौं बजेट खर्च गरिरहेको छ । तर, यसको प्रभावकारिता देखिएको छैन । अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ हजारभन्दा बढीको संख्यामा डढेलो लागिरहेको छ । यो साता मुलुकभर डढेलोको प्रभाव बढी भएको पाइएको छ ।

यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको साताका रूपमा २३ देखि २९ वैशाखलाई लिइएको छ । शनिबारदेखि मौसममा केही फेरबदल भएर वन डढेलोमा केही कमी आउने आशा गरे पनि आइतबार मात्र १ हजार १९ स्थानमा डढेलो लागेको तथ्यांक छ ।

वन डढेलो व्यवस्थापन च्याप्टरले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार ६ सय ६० स्थानमा डढेलो लागेको भए पनि आइतबार अत्यधिक क्षेत्रमा डढेलो लागेको थियो । शुक्रबार मुलुकभर २ हजार चार स्थानमा वन डढेलो लागेको थियो भने गत बिहीबार १ हजार ६ सय ७० स्थानमा डढेलो लागेको पाइएको छ ।

चैत, वैशाख र जेठलाई सबैभन्दा बढी डढेलो लाग्ने समयका रूपमा लिइन्छ । तर, सरकारले यस विषयमा संवेदनशील भएर नीतिगत व्यवस्था गरेको पाइँदैन । त्यसैले निकै प्रयास गरेर जोगाइएका रुखबिरुवा क्षणभरमै खरानी हुँदै आएको छ ।, समाचार आजको राजधानी दैनिकमा लेखिएको हो ।