१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गाउँ पस्‍न थाले नेताहरु

गाउँ पस्‍न थाले नेताहरु
अ अ+ अ-

काठमाडौं । प्रमुख तीन दल आफ्नो पार्टीको राष्ट्रिय अभियान लिएर गाउँगाउँ जाने भएका छन्। २०७४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि गाउँ नपुगेका प्रमुख दल नेकपा, कांगेस र समाजवादी नेपाल पार्टी अभियान लिएर जनताबीच जान लागेका हुन्।

कांग्रेस तीन चरणमा पुस १६ सम्मका कार्यक्रम नै बनाई राष्ट्रिय जागरण अभियानका नाममा जिल्ला पुगिसकेको छ। सत्तारूढ दल नेकपा र नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकतापछि बनेको तेस्रो ठूलो दल समाजवादी पार्टी नेपाल जिल्ला तहमा पार्टी अभियान लिएर जाने तयारीमा छन्।

कांग्रेसले २५ वैशाखदेखि जागरण अभियान थालेको छ। सातै प्रदेशमा पार्टी पदाधिकारी र जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर उसले अभियान चलाइरहेको छ। नेकपाले भने पार्टी पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन र जनसंगठनको एकतालगत्तै देशभर राष्ट्रिय अभियान लिएर नेताहरू गाउँ तहसम्मै जाने महासचिव विष्णु पौडेलले बताए। ‘अभियान लिएर जान ढिला भएको छ, एकता र एकीकरणको काम सक्नेबित्तिकै हामी देशव्यापी राष्ट्रिय अभियान चलाउने तयारीमा छौं,’ महासचिव पौडेलले भने।

संघीय समाजवादी पार्टीले देशका मुख्यमुख्य सहरमा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव दुवै नेताले सम्बोधन गर्ने गरी कार्यक्रम लिएर जान खोजेको छ। पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक शीर्ष नेताहरूले नै सम्बोधन गर्ने गरी कार्यक्रम बनाइएको समाजवादी पार्टीका सचिव प्रकाश अधिकारीले बताए। त्यस्तो अभियान जेठ ११ गतेबाट चल्नेछ।

कांग्रेसले सरकारविरुद्ध खबरदारी गर्न र पार्टीको संगठनात्मक सुदृढीकरणका लागि देशभर जागरण अभियान सञ्चालन गरेको बताएको छ। निर्वाचनमा पार्टी कमजोर बनेको र त्यसयता पनि आन्तरिक घरेलु झगडाका कारण संगठनात्मक काम प्रभावित बनेपछि कांग्रेसले अभियान थालेको हो।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस’ राष्ट्रिय जागरण अभियानको नारासहित कांग्रेसले अभियान चलाएको हो। अभियानका क्रममा माला, ब्याज र खादा नलगाउने, अभियानमा स्वागत मन्तव्य र विर्सजनबाहेक तीन जना मात्र वक्ता बनाउने, त्यसमध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने, अभियानको उद्घाट्न वरपीपल वा स्वामीमध्ये कुनै एक बिरुवा रोपेर गर्नुपर्ने जस्ता नियम बनाएर अभियान गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ।

पहिलो सकेपछि दोस्रो अभियान भदौ २४ देखि असोज ७ सम्म र तेस्रो चरणको अभियान पुस ७ देखि मेलमिलाप दिवस पुस १६ गतेसम्म सञ्चालन गर्ने कांग्रेसको कार्यतालिका छ।

नेकपाले भने गतवर्षको जेठ ३ मा पार्टी एकतापछि एकताको सन्देश र सरकारको नीति तथा कार्यक्रम जनताबीच सम्प्रेषण गर्ने उद्देश्यले विशेष अभियान चलाउने निर्णय गरेको थियो। तर त्यो अभियान अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

फेरि पनि त्यो अभियान चलाउनैपर्नेमा नेताहरु पुगेका छन्। पार्टीले अब छिट्टै अभियान चल्ने महासचिव पौडेलको भनाइ छ। ‘अब ढिलो हुँदैन, २ महिना, ३ महिना कति समयको हुन्छ, हामी अभियान लिएर जनताबीच पुग्दै छौं’, उनले भने। पुसमा बसेको स्थायी समिति बैठकले पनि अभियान चलाउने निर्णय गरेको थियो। अध्यक्षद्वयको राजनीतिक दस्तावेजमा पार्टीको आगामी कार्यक्रम उपशीर्षकमा समेत राष्ट्रिय अभियानका दुईमहिने योजना समाविष्ट थिए।

पार्टी एकताको सन्देश आम जनताबीच सम्प्रेषित गर्न, पार्टी र सरकारका नीति र योजनालाई सार्वजनिक रूपमा स्थापित गर्न र लाखौं जनतालाई पार्टीको वरिपरि गोलबद्ध गर्न माघ र फागुनमा विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय नेकपाको स्थायी समिति बैठकले गरेको थियो। पछिल्लो समय विपक्षी कित्ताबाट पार्टी र सरकारविरुद्ध भ्रामक प्रचारको योजनाबद्ध अभियान नै चलाइएको नेकपाको निष्कर्ष छ।

समाजवादी पार्टीले भने जेठ ११ देखि २५ सम्म मुख्य सहरमा कार्यक्रम नै तय गरेको छ। जेठ ११ मा विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगन्ज, १७ गते भैरहवा, १८ गते नेपालगन्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा कार्यक्रम छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।