६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोसिडाडसँग रियल मड्रिडको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा  स्पेनिस महारथी टिम रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा मड्रिड रियल सोसिडाडसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।


खेलको छैटौं मिनेटमा नै  मड्रिडका ब्राहिम डियाजले गोल गर्दै अग्रता दिलाएका थिए । तर २६ औं मिनेटमा मिकेल मिरिनोले गोल गर्दै रियल सोसाइडेडलाई बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा जोसेबा जल्डुआले गोल गर्दै रियल सोसाइडेडलाई २–१ गोलको अग्रता दिलाए । एन्डर ब्रेरेनेटेक्सले ६७ औं मिनेटमा गोल गरेपछि रियल सोसाइडेडसँग रिय मड्रिड ३–१ गोलले स्तब्ध बनेको हो ।