६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ३ को नाम र राजधानीको विषयले प्रवेश नपाए संसद् अवरुद्ध गर्ने कांग्रेसको चेतावनी



अ+ अ-

हेटौंडा । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको नाम र राजधानीको विषयले प्रवेश नपाए वर्षे अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

प्रदेश ३ को आजबाट सुरु हुन लागेको अधिवेशनमा नामाकंन र राजधानीबाहेकका ८ विषयले मात्रै बैठकमा प्रवेश पाउने भएपछि उक्त चेतावनी दिएको हो ।

सत्तारुढ दल नेकपामै पनि राजधानी र प्रदेश नामांकनबारे सहमति जुट्न नसक्दा प्रदेश नामांकन र स्थायी राजधानी अझै टुंग्याउन सकेको छैन । प्रतीपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँले प्रदेश नामांकन र राजधानीले अलमलको स्थिति सिर्जना भएकाले छिटो टुंग्याउन आफ्नो पार्टीले दबाव दिन लागेको बताए ।

यसअघि प्रदेश ३ संसदले हिउँदे अधिवेशनको अन्त्यसम्म राजधानी र नामाकरणको विषय टुङ्ग्याउने बताएको थियो । तर, बर्षे अधिवेशनमा पनि यसलाई प्राथमिकताको १० औं नम्बरमा राखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

संसद् बैठक अहिले दिउँसो १ बजे बस्दै छ ।