९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पत्रकार मिनाको गोली हानी हत्या

पत्रकार मिनाको  गोली हानी हत्या
अ अ+ अ-

काठमाडौं । अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको गोली हानि हत्या भएको छ । मंगलको शनिबार दिउँसो राजधानी काबूलमा गोली हानी हत्या गरिएको हो ।

अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् ।मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको पछाडि के उद्देश्य हुनसक्छ भनेर पत्ता लाग्न सकेको छैन ।

शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकारको भूमिका निभाइरहेकी उनी काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ ।

अफगानिस्तानको सर्वोच्च अदालत एवं नागरिक समाजले उनको हत्याको गम्भीर अनुसन्धानको माग गरेका छन् ।

मंगलले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जानकारी दिइन् ।