६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन एक सय औं बर्षमा प्रवेश, राष्ट्रपति भण्डारी शुभकामना दिन उनकै निवासमा पुगिन्



अ+ अ-

काठमाडौं । सँस्कृतिविद सत्यमोहन जोशीको एक सय औं जन्मोत्सव भब्यताका साथ मनाइएको छ । जोशीको जन्म दिनमा महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको छ ।

वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गरेरका उनको २०७७ साल वैशाख ३० गतेसम्म उत्सव मनाइनेछ । उनको जन्म दिनको कर्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर राष्ट्रपतिको कार्यव्यस्तताले कार्याक्रममा सहभागी नहुने बताएको थियो । तर धेरै आलोचनाको सिकार भएपछि राष्ट्रपति भण्डारी उनकै निवासमा पुगेकी थिइन् ।

जोशिको घरमा बिहानै देखि राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म शुभकामना दिन र आशिर्वाद लिन उनको निवास पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश हस्तान्तरणको संक्षिप्त कार्यक्रम गरियो । सन्देशमार्फत् राष्ट्रपति भण्डारीले मंगलकामनासहित जोशीको सुस्वास्थ्य र दीर्घायूको कामना गरेकी छन् ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेकपा नेता कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए ।