५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धि दर दुई अंकमा पुर्‍याउने मुख्यमन्त्री पोखरेलको दावी



अ+ अ-

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धि दर दुई अंकमा पुर्‍याउने दावी गरेका छन् । उनले तीन वर्षपछि प्रदेश ५ को आर्थिक वृद्धि दर सातवटै प्रदेशमध्ये सबैभन्दा अगाडि हुने दावी गरे ।

सोमबार प्रदेश समन्वय परिषदको दोस्रो बैठकको उद्घाटन गर्दै प्रदेश मन्त्री पोखरेलले तीन तहका सरकारको कामका कारण आर्थिक वृद्धिदर बढ्दै गएको भन्दै उनले आगामी वर्ष राम्रो परिणाम ल्याउने गरी काम अघि बढाइने बताए। मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा बजेट खर्चमा पनि प्रदेश ५ अन्य प्रदेशभन्दा अगाडि रहेको मुख्यमन्त्रीले बताए ।

अन्य प्रदेशले १५ प्रतिशत खर्च गर्दा प्रदेश ५ ले २५ प्रतिशत खर्च गर्न सकेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले ७.०६, प्रदेश ३ ले ७.०४, प्रदेश २ ले ६.५३, प्रदेश १ ले ६.४९ र सुदूरपश्चिमले ६.२५ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान गरिएको छ ।

संघीय संसद प्रभावकारी रुपमा अघि बढ्न नसक्दा र कानून निर्माणमा ढिलाई गर्दा संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या भएको पनि मुख्यमन्त्रीले गुनासो गरे । ‘संविधान कार्यान्वयनमा जटिलता पैदा भएको छ, साझा र एकल अधिकारका कतिपय विषय टुंगिन अझै बाँकी छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘वातावरणीय कर, नदीजन्य पदार्थ, विज्ञापन र मनोरन्जन कर जस्ता विषयमा अन्योलता र विवादहरु देखिएका छन् ।’

नदीजन्य पदार्थको उत्खनन् र करका सम्बन्धमा प्रदेशले कानून बनाउने तर संघले निर्देशन दिँदा समस्या उत्पन्न भएको उनले खुलाए । संघ, प्रदेश र स्थानीय तहबीच कतिपय विषयमा उचित समन्वय हुन नसकेको पनि मुख्यमन्त्री पोखरेलले बताए ।

प्रदेश ५ को गत वर्षको आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत थियो। कर्मचारी समायोजन,कानुन निर्माण,आवधिक योजना निर्माण भइसकेको छ, तसर्थ हाम्रो यही कार्यकालमा दुई अंकको आर्थिक वृद्धि दर हाँसिल गर्न सम्भव छ भनेर हामीले देखाउनेछौं, ुमुख्य मन्त्री पोखरलले भने।

उनले आगामी ४ वर्षसम्मका लागि प्रदेशलाई १२ खर्ब रुपैयां लगानी आवश्यक रहेको बताए। बैठकमा प्रदेशका सभामुख, प्रदेश सरकारका मन्त्री, १ सय ९ तहकै प्रमुख र उपप्रमुख, १२ जिल्लाकै जिल्ला समन्वय समिति संयोजक, मन्त्रालयका सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ।