१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेघ गर्जनसहित वर्षा र पूर्वी तराईमा हावाहुरीको सम्भावना : मौसमविद



अ+ अ-

काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।

साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिए । यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ ।

पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ । यो मौसमी प्रणाली पश्चिमको तुलनामा पूर्वमा बढी प्रभाव देखिने उनले बताए ।

महाशाखले भोलि पनि मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।