१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउनु हुँदैनः कोइराला



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो नभएको बताएकी छिन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्न नहुने बताइन् ।

केन्द्रीय सदस्य कोइरालाले जनताका आवाज उठाउने पत्रकार संयमित भएर कलम चलाउनुपर्ने बताउँदै संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने धारणा व्यक्त गरे ।