२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना देखिएपछि बैतडीको एक विद्यालय बन्द



अ+ अ-

बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । 

यस्तै मङ्गलबार थप एक छात्रामा कोरोना देखिएपछि थप तीन दिन मङ्सिर २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षिका सुशीला भण्डारीले जानकारी दिनुभयो । सङ्क्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । 

यसअघि सो विद्यालयमा अध्ययनरत एक छात्रा मङ्सिर १७ गते कोरोना देखिएपछि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो ।  थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरि तीन दिनका लागि बन्द गरिएको हो ।

यस जिल्लामा  हाल कोरोनाका चारजना सक्रिय सङ्क्रमित रहेका  छन् ।  सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’छिमेकी देश भारतमासमेत देखा परेकाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ  । 

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।  कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । (रासस)