२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाइयाे



अ+ अ-

काठमाडौं । इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंका सरकारले सोमबारदेखि सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

सरकारले नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको हो ।

देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको श्रींलकाली अधिकारीले जनाएका छन् ।

फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि कुटपिट गरिएको थियो, दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरे’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ ।

फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन् । ती आरोपी व्यक्तिले लेखेका थिए, ‘एक दिन तिमीहरु रुनेछौ,’ । यही पोस्टका कारण हिंसा भएको बताइएको छ ।