३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आफ्ना असफलतालाई ढाकछोप गर्न मिडियालाई नियन्त्रण गर्न लाग्यो : साझा विवेकशील



अ+ अ-

काठमाडौं । साझा विवेकशीलले सरकारले आफ्ना असफलतालाई ढाकछोप गर्न मिडियालाई नियन्त्रण गर्न लागेको आरोप लगाएको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पत्रकार सम्मेलन गरी विवेकशीलले हालै संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध भएको भन्दै तत्काल फिर्ता गर्न साझा विवेकशीलले माग गरेको छ ।

सरकारको डेढ वर्षे कार्यकाल अलोकप्रिय भएको भन्दै असफलता लुकाउन मिडिया नियन्त्रणमा लागेको दावी गरेको छ ।

सरकार भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न नसक्ने सरकारहरु सधैं मिडियालाई नियन्त्रण गर्न चाहन्छन् ,’ साझा विवेकशीलले भनेको छ ।

मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्ठा अनुदार लोकतन्त्र उन्मुख भएको भन्दै पार्टीले सरोकारवालाहरुसँगको परामर्शमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकुल कानून निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।