६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको फराहमा गोली चल्यो, नौ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी छ आतङ्ककारी मारिएका छन् ।

सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

फराह प्रान्तको प्रान्तीय शहर फराह सिटीको उत्तरी इलाकामा रहेको दुई ओटा गाउँमा रहेको प्रहरी चौकीमा उक्त झडप भएको थियो ।

सो आक्रमणको सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीमा परी छ आतङ्ककारी मारिएका थिए ।

राजधानी काबुलबाट करिब ६ सय ९५ किलोमिटर पश्चिममा रहेको फराह प्रान्तको उक्त इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच भारी झडप भएको थियो ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी व्यक्तित्व र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानको ३४ ओटा प्रान्तमध्ये २५ ओटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच झडप जारी रहेको छ ।