३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई गगनको चुनौती : सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीलाई एक पटक नेपाल घुम्न चुनौती दिएका छन् । उनले गएको वर्ष आफ्ना निम्ति सुखद रह्यो भन्ने एक जना भेट्टाइदिन अर्थमन्त्रीलाई चुनौती दिए ।

संसदमा भएको प्रि–बजेट छलफलमा भाग लिँदै थापाले भने ‘प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी कसैलाई पनि भेटौं, यो वर्ष मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस् ।’

उनले समृद्धिको परिकल्पना हावादारी भएका कारण सरकारको नीति तथा कार्यक्रम बरालिएको र त्यसले बजेटको नीति र सिद्धान्त झन अलमल्लिएको दाबी गरे ।

एकातिर लक्षित राजश्व संकलन हुन नसकेको र अर्कोतिर राज्यले चालु खर्च धान्न नसक्ने अवस्था आएको, ९ महिना ४० प्रतिशत विकास खर्च हुन नसकेको, निर्यातको अनुपातमा आयात १४ बाट १६ गुणामा पुगेको, वर्षर दुई वर्षमा देखिने वित्तिय तरलता हरेक २–३ महिना देखिन थालेको, भएका उद्योग बन्द हुन थालेको भन्दै उनले निजी क्षेत्रको लागत मात्र होइन, निराशा बढेको बताए ।