१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई गगनको चुनौती : सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीलाई एक पटक नेपाल घुम्न चुनौती दिएका छन् । उनले गएको वर्ष आफ्ना निम्ति सुखद रह्यो भन्ने एक जना भेट्टाइदिन अर्थमन्त्रीलाई चुनौती दिए ।

संसदमा भएको प्रि–बजेट छलफलमा भाग लिँदै थापाले भने ‘प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी कसैलाई पनि भेटौं, यो वर्ष मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस् ।’

उनले समृद्धिको परिकल्पना हावादारी भएका कारण सरकारको नीति तथा कार्यक्रम बरालिएको र त्यसले बजेटको नीति र सिद्धान्त झन अलमल्लिएको दाबी गरे ।

एकातिर लक्षित राजश्व संकलन हुन नसकेको र अर्कोतिर राज्यले चालु खर्च धान्न नसक्ने अवस्था आएको, ९ महिना ४० प्रतिशत विकास खर्च हुन नसकेको, निर्यातको अनुपातमा आयात १४ बाट १६ गुणामा पुगेको, वर्षर दुई वर्षमा देखिने वित्तिय तरलता हरेक २–३ महिना देखिन थालेको, भएका उद्योग बन्द हुन थालेको भन्दै उनले निजी क्षेत्रको लागत मात्र होइन, निराशा बढेको बताए ।