काठमाडौं । राष्ट्रिय खेलकुद परिषद र सरकारले ‘१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त लोगो सार्वजनिक गरेको हो ।
कलाकार भोलानाथ पौडेलले तयार पार्नु पारेको सो लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँदछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ । लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ ।
सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिब ४ अरब खर्च लाग्ने अनुमान पनि गरेको छ । करिब ४ अरब खर्च सो प्रतियोगितामा लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।