९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल

प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल
अ अ+ अ-

काठमाडौं । आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा अवरोध त कहिले बजेट अभावमा ठेकेदारले नै काम छाड्ने अवस्थामा पु¥याइएको छ । अधिकांश राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति प्रभावकारी नभइरहेका बेला आशाको सञ्चार गरेको आयोजनामा किन अवरोध हुन थाल्यो भन्ने आम चासो र जिज्ञासासमेत उत्पन्न भएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र सो आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने खासै ठूलो समस्या नभएको बताएको छ । निर्माण व्यवसायीले काम नै छाड्ने अवस्थामा पुग्नु ठूलो समस्या हो कि होइन भन्ने राससको जिज्ञासामा मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय भन्नुहुन्छ, “यो कुनै समस्या होइन, वार्षिकरुपमा खर्च हुने बजेट खर्च भइसकेको थियो, थप बजेटका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नमा केही ढिलाइ भएको हो ।”

चालू आवमा सो आयोजनाका लागि रु ५९ करोड विनियोजित थियो र सो रकम खर्च भइसकेको छ । मन्त्रालयले आजै रु ७० करोड रकम आयोजनाका लागि उपलब्ध गराएको जनाएको छ । प्रवक्ता उपाध्याय आयोजनाले माग गरेअनुसारको रकम निकासा भइसकेकाले काममा कुनै समस्या नहुने ठान्नुहुन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक प्रदीप अधिकारीको भनाइमा आयोजनाको प्रभावकारी कार्यान्वयनमा समन्वयको कमीले गर्दा बजेटको अभावमा निर्माण व्यवसायीले काम नै छाड्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउनुहुन्छ ।

प्राधिकरणका आयोजना निर्देशक अधिकारी मन्त्रालयले समयमा निर्णय नगर्दा आयोजनामा बजेट अभाव देखिएकोे मान्नुहुन्छ । यद्यपि मन्त्रालयका उच्च अधिकारी आजै रु ७० करोड आयोजनाका लागि निकासा भएको बताउँछन् । बजेट सकिएकाले तत्काल उपलब्ध गराउन आयोजनाले तीन साता पहिले नै मन्त्रालयसमक्ष माग गरेको थियो ।

केही दिनअघिसम्म विमानस्थलको धावनमार्गमा अन्तिम कालोपत्र भइरहेको थियो । यस्तै ट्याक्सी वे र अन्य भौतिक संरचनाको निर्माण जारी थियो । विद्युतीय उपकरणबाहेक विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत बढी भइसकेको थियो ।

दक्षिण एशियाली पर्यटन पूर्वाधार आयोजनाअन्तर्गत निर्माण भइरहेको सो विमानस्थलको ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग निर्माण भइरहेको छ । आयोजनाको शुरुआती लागत रु छ अर्ब २२ करोड ५१ लाख रहेको छ ।