काठमाडौं । सेयर बजारमा सोमबार ६.३० अंकको सुधार आउँदा नेप्से परिसूचक १३०१.३४ को विन्दुमा पुगेको छ ।
सोमबार १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर नेप्सेमा किनबेच हुँदा कारोबार रकम भने ७८ करोड ६४ लाख रुपैयाँको भयो । आइतबार ८४ करोडको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका १२ उपसमूह मध्ये ७ सूचक सकारात्मक देखियो भने पाँच उपसूचक ऋणात्मक बन्यो ।